公益財団法人 とよなか国際交流協会

2020/09/05

ताईफुबाट साबधान रहनुहोस्।

ताईफुबाट साबधान रहनुहोस्।

६ तारिक आइतबार बाट ७ तारिक सोमबार भित्रमा एकदमै शक्तिशाली १० नम्बरको ताइफु आमामी क्षेत्रबाट पश्चिम जापान तिर आउने खतरा छ ।

यसले ओसाकामा पनि ठुलो प्रभाब पार्न सक्ने खतरा छ।

पहिलेको रेकर्ड तोड्ने गरि अत्याधिक बर्षा, हावाहुरी, ठुलो छाल, ठुलो ज्वारभाटाहरु आउने खतरा भएकोले उच्च स्तरको साबधानीको आवश्यकता छ।

ठुलो ताइफु आएमा

-अत्याधिक बर्षा भई बाढी पहिरो आउन सक्छ।

-ठुलो हावाहुरीका कारण सरसामान उड्ने, रुख बिजुलीको खम्बाहरु ढल्न सक्ने खतरा हुन्छ।

-लोडसेडिन्ग हुने, पानी आपूर्ति बन्द हुन सक्छ।

यो सप्ताहान्त भन्दा अगाडिनै ताइफुको बारेमा तयारि गर्नुहोस्।

(ताइफु आउनु अघि गर्नु पर्ने तयारिहरु)

-पानी बग्ने नाला ढलहरुको सफाई

- बरण्डा, बगैचामा भएका बस्तुहरु घर भित्र राख्ने वा हावाले उडाउन नसक्ने गरि सुरक्षित तरिकाले राख्ने। (सुकाउने रड, गमलाहरु)

-बर्षातको ढोका, शटरहरु बन्द गर्ने।

स्मार्ट फोन, मोबाइल ब्याट्री चार्ज गरि राख्ने।

-बाथ टबमा पानी भरेर राख्ने। पिउने पानीको बदोबस्त गर्ने।

-अत्यावश्यक सामान हरुको बन्दोबस्त गर्ने। टर्च लाइट, ब्याट्रीवाला सानो रेडियो, अत्यावश्यक औषधि, लुगाफाटा, आकस्मिक अबस्थाको लागि खाना, बोक्न मिल्ने सानो ग्याँस स्टोभ, बहुमुल्य बस्तुहरु आदि )

-घर नजिकैको भागेर जाने सुरक्षित स्थल पहिचान गरि राख्ने, आवश्यक जानकारी हरु परिवार संग आदान प्रदान गरि राख्ने।