公益財団法人 とよなか国際交流協会

Nepali

जानकारी

02月24日
जापानी भाषा लेबल N 3 परिक्ष जाँच दिने हरुका लागि
08月12日
विदेशीहरूका लागि प्रकोप पूर्वतयारी सेमिनार
08月12日
विदेशी अभिभावक र बच्चाहरूको लागि प्राथमिक बिद्यालय तथा नर्सरी स्कुल भर्नाको तयारी सम्बन्धि ब्रीफिंग सत्र
07月01日
विदेशी महिलाहरूको लागि कुकिङ्ग क्लास
04月24日
【जा नका री】गो ल्डेन उइकुको समयमा जा पा नी भा षा को बि षयमा
01月28日
बिदेशी नागरिकहरूका लागि सम्बन्धविच्छेद सम्बन्धि एक-दिने परामर्श हटलाइन
01月06日
外国人(がいこくじん) の ための 防災(ぼうさい)セミナー(せみなー) 〜Seminar on Disaster and Risk Reduction in Japan for Foreign Residents〜
01月05日
बि देशी अभि भा वकको ला गि प्रा थमि क बि द्या लय भर्ना हुने तया री सम्बन्धि सेमि ना र
01月05日
देशी अभि भा वक र बच्चा हरूको ला गि प्रा थमि क बि द्या लय तथा नर्सरी स्कुल भर्ना को तया री सम्बन्धि ब्री फिं ग सत्र
12月23日
इमेल न्यूजलेटर वितरण सेवा समाप्त हुने बारे सूचना
12月22日
जानकारी】जापानी भाषा कक्षाहरु वर्षको अन्तिमर नया बर्ष देखि संचलान हुने कक्षाहरु एस प्रकारका छन्।
10月10日
外国 人(がいこくじん)ママと こどものためのハロウィーン
10月06日
तोयोनाका सिटीले "बहुसांस्कृतिक सहअस्तित्व सम्बन्धी प्रश्नावली" सञ्चालन गर्दैछ। सर्भेमा सहभागी भै सहयोग गरिदिनु होला ।
09月19日
अनलाइन जापानी कक्षाहरू अक्टोबर २०२२ मा सुरु हुन्छ
09月03日
Seminar on Disaster and Risk Reduction in Japan for Foreign Residents がいこくじんのための 防災(ぼうさい)セミナー)
08月30日
【ओसाका प्रिफेक्चरका बालबालिका र अभिभावकहरूलाई सूचना】
08月05日
जापानि भाषा कक्षाको बिषयमा
07月30日
विदेशी रुट भएका बालबालिकाका लागि अध्ययन सहयोग
05月26日
बहुभाषिक सेवा सहितको कोरोना भ्याक्सिन सामूहिक खोप लगाउन (तेस्रो मात्रा) सुरु।
04月28日
बहुभाषिक सेवा सहितको कोरोना भ्याक्सिन सामूहिक खोप लगाउन (तेस्रो मात्रा) सुरु।
04月02日
जापानि भाषा कक्षाको बिषयमा २०२२ सालअप्रिल १ तारिक हालको स्थिति अनुसार
02月21日
बहुभाषिक सेवा सहितको कोरोना भ्याक्सिन सामूहिक खोप लगाउन (तेस्रो मात्रा) सुरु हुदैछ।
01月29日
जापानि भाषा कक्षाको बिषयमा
01月21日
१८ बर्ष सम्मका बच्चाहरु भएका घरपरिवारहरुले १ लाख येन प्राप्त गर्नेछन्
01月06日
बिदेशी नागरिकहरूका लागि सम्बन्धविच्छेद सम्बन्धि एक-दिने परामर्श हटलाइन
01月01日
कोरोना कहरले बिदेशी नागररकहरुको जनजीवनमा पारेको प्रभाव सँग सम्बन्धित् सिेक्षणको िारेमा
12月27日
देशी अभिभावकको लागि प्राथमिक बिद्यालय भर्ना हुने तयारी सम्बन्धि सेमिनार
12月27日
विदेशी अभिभावक र बच्चाहरूको लागि प्राथमिक बिद्यालय तथा नर्सरी स्कुल भर्नाको तयारी सम्बन्धि ब्रीफिंग सत्र
09月09日
दश महिनामा केही खोप लगाउने दिनहरु थपिँदै छ ( 2021 साल 9 महिना 7 तारिक)
08月13日
【खोप लगाउने दिनको बुकिङ थप गरिएको बारे।】(अगस्ट ६ तारिक हाल)
07月23日
कृपया प्रश्नावलीमा सहयोग गर्नुहोस्! !! विदेशीहरू सजिलो सँग बसोबास गर्ने वातावरण भएको तोयोनाका शहर निर्माण गर्नको लागि, हामी एउटा प्रश्नावली आयोजना गर्दैछौँ]
07月02日
कोरोना भाइरस बिरुद्धको खोप लगाउनु भएका व्यक्तिहरुको लागि
06月25日
“तोयोनाका अन्तर्राष्ट्रिय केन्द्रमा दिईने खोपको वेब बुकिङ कार्य अहिले भईरहेको छ।“
06月22日
【 भाइरस बिरुद्धको खोपको बारे जरुरि सूचना 】
06月19日
६४ वर्ष भन्दा तलको व्यक्तिलाई खोप कार्ड पठाइएको सम्बन्धि
05月24日
जिबनी बचाउने सम्बन्धी सम्पूर्ण बिस्तृत परामर्श कार्यक्रम
05月21日
कोरोना भाइरस बिरुद्धको खोप  अन्तर्निहित रोग भएका व्यक्तिलाई खोपमा प्राथमिकता
05月10日
【जापानि भाषा कक्षाको बारेमा सूचना】अनलाईन (online) कक्षा र सोनाई क्षेत्रमा, जापानि भाषा कक्षा संचालन हुने भएको छ।
04月06日
जापानी भाषा कार्यक्रमहरुको बिदाको बारेमा
12月28日
【नयाँ वर्ष छुट्टीकोलागि जानकारी 】

तोयोनाखा कोकुसाई को–यु क्योखाई एशोसियशन फर तोयोनाखा मल्टिकल्चरल सिम्बोसिस(ATOMS)
–न्याय र समानताको लागि बिबिध संस्कृतिले सम्पन्न समाज निर्माण गरौं—

एशोसियशन फर तोयोनाखा मल्टिकल्चरल सिम्बोसिस सन १९९३ मा अन्तरराष्ट्रिय रुपमा साँंस्कृतिक आदान प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको संगठन हो । त्यस्तै तोयोनाखा नगरपालिका बाट स्थापना गरिएको तोयोनाखा कोकुसाई को-यू सेन्टरको रेखदेख तथा संचालनको जिम्मेवारी पनि यस एशोसियशनले गर्दै आएको छ ।

हाल यस एशोसियशनले जापानमा बसोबास गर्ने बिदेशी नागरीकहरुकालागि ब्यक्तिगत तथा सामाजिक लगायत चौतर्फी बिकास का लागि बिभिन्न क्रियाकलापहरु गर्दै आएको छ । यस अन्तर्गत बालबालिका देखि बृद्ध बृद्धासम्मका उमेर समुहका ब्यक्तिहरुलाई कुनै पनि समुहमा बिभाजित नगरी उहाँहरुको उन्नतिका लागि बिभिन्न सहयोगात्मक कार्यहरु गर्दै आएको छ । त्यस्तै भबिष्यमा जापान बसाईको क्रममा सामाजिकरुपमा कुनै समस्या नआओस भन्ने हेतुले जापानमा बसोबास गर्नुहुने बिदेशी नागरिकहरुका लागि एउटा “साझा चौतारी निर्माण” गरी भिन्न बिचार, रहनसहन तथा संस्कृति भएका ब्यक्तिहरुले एकै ठाँउमा बसेर जिबन निर्वाह गर्न सक्ने “बिशिष्ट जनसमुह निर्माण” गर्नको लागि बिद्यालय तथा शिक्षण प्रतिष्ठान आदि जस्ता निकायसंग समन्वय र सहकार्य गर्दै आईरहेको छ ।

【यस एशोसियशनको मिशन】
“स्थानीय जनसमुहलाई स्वतस्फुर्त रुपमा सहभागी गराई, आधारभुत मानव अधिकारको सम्मान गरी क्षेत्रीय स्तरबाट नै अन्तरसाँस्कृतिक क्रियाकलाप संचालन गर्दै बिश्वसंग सुमधुर सम्बन्ध राख्न सक्ने बिबिध संस्कृतिले सम्पन्न समाजको सृजना गर्नु नै यस एशोसियसनको मिशन हो । ”

तोयोनाखा कोकुसाई को-यू सेन्टरले निम्न क्रियाकलापहरु संचालन गर्दै आई रहेको छ ।
 बिस्तृत जानकारीको लागि यस एशोसियशन फर तोयोनाखा मल्टिकल्चरल सिम्बोसिस मा सम्पर्क राख्नुहोस ।
 टेलिफोन नम्बर ः ०६–६८४३–४३४३ (बुधबार यस एशोसियसनको कार्यालय बन्द रहने छ ।)

जापानी भाषा कक्षा

यस क्षेत्रमा बसोबास गर्ने बिदेशी नागरिकहरु संग स्थानीय स्वयं सेवकहरुले भेटि दैनिक जनजिबनमा आईपर्ने आवश्यक जापानी भाषाको ज्ञान प्रदान गर्नेछन । यो कक्षा सुमधुर मानवीय सम्बन्ध निर्माण गर्नको लागि उपयुक्त स्थान हुन सक्छ ।

कक्षा शुल्कनिशुल्क
स्थानतोयोनाखा कोकुसाई को-यू सेन्टर
समयकक्षा अनुसार निम्न बमोजिम हुनेछ ।

जापानी भाषा कक्षा मोत्तो मोत्तो चुखाएरू निहोन्गो

सोमबार10:00 ~ 12:00(सार्वजनिक बिदा, गर्मी जाडो बिदा हुनेछ । )
हिरागाना पढन लेख्न सक्ने ब्यक्ति तथा कामका लागि उपयुक्त हुने जापानी भाषा सिक्नका लागि यो कक्षा उपयोगी हुनेछ । प्राथमिक तह भर्ना हुनु भन्दा पहिलेका नानीहरुका लागि केयर सेन्टर उपलब्ध छ । )

सेन्री निहोन्गोः सेन्री बुन्खा सेन्टरमा संचालन गरिने( सेन्री कोराबो)

बिहिबार10:00 ~ 11:30(सार्वजनिक बिदा, गर्मी जाडो बिदा हुनेछ । )

तोयोनाखा जापानी भाषा कक्षा मोकुहिरु

बिहिबार13:30 ~ 15:00(सार्वजनिक बिदा, गर्मी जाडो बिदा हुनेछ । )
यहि समयमा※ प्राथमिक तह भर्ना हुनु भन्दा पहिलेका नानीहरुका लागि बिभिन्न साँस्कृतिक क्रियाकलापहरु सहितको केयर सेन्टर पनि संचालन गरिने छ ।

तोयोनाखा जापानी भाषा कक्षा मोकुहिरु(facebook)

अनलाइन जापानी

lalxaf/ १९:०० b]lv २०:०० ;Dd


अनलाईन बैठक प्रणाली प्रयोग गरिएको कक्षा हो। सन्चार खर्च आफैँले तिर्नुहोस्।


सहभागीहरूको ठूलो संख्याको कारण, हामी हाल दर्ता स्थगित गर्दैछौं। जब हामी आवेदनहरू स्वीकार गर्न पुनः सुरु गर्छौं, हामी हाम्रो गृहपृष्ठ र Facebook मा नयाँ भर्ती जानकारी पोस्ट गर्नेछौं।

तोयोनाखा जापानी भाषा कक्षा किन आसा

शुक्रबार10:30 ~ 12:30(सार्वजनिक बिदा, गर्मी जाडो बिदा हुनेछ । )
यहि समयमा※ प्राथमिक तह भर्ना हुनु भन्दा पहिलेका नानीहरुका लागि बिभिन्न साँस्कृतिक क्रियाकलापहरु सहितको केयर सेन्टर पनि संचालन गरिने छ ।

आईतबारको जापानी भाषा कक्षा गाच्यागाच्यादान

आईतबार10:00 ~ 12:00

Shonai जापानी

आइतबार१३:००-१५:००


स्थानशोउनाइ कोमिन्कान

यसबाहेक नागरिक समुहका सदस्यहरुले तोयोनाखा कोकुसाई को-यू सेन्टरमा ब्यक्तिगत जापानी भाषाका कक्षाहरु प्नि संचालन गर्नुहुनेछ । बिस्तृत जानकारीका लागि उल्लेखित कक्षाका शिक्षकहरु संग टेलिफोन मार्फत सम्पर्क राख्नुहोस ।

राति जापानी कक्षा

मंगलबार19:30 ~ 21:00 TEL:0727-61-8965(नाखाता जी)

जापानी भाषा सारोन

शुक्रबार19:30 ~ 21:00 TEL:06-6849-7992(इसीजुमी जी)

जापानी भाषा हिरोबा

प्रत्येक महिनाको दोश्रो र चौथो आईतबार14:00 ~ 16:00 TEL:06-6854-8371(किनोसिता जी)

बालबच्चा हुर्काउदै गर्नु भएका बिदेशी महिलाहरुका लागि साझा चौतारी

आफना बालबच्चाहरु हुर्काई रहनु भएका बिदेशी महिलाहरु यस कक्षामा सहभागी हुन सक्नुहुनेछ । जापानको बस्तुस्थिती, परिस्थिति एबं बालबालिका हुर्काउने तरिकाहरुका बारेमा यस कक्षामा जापानी भाषामा छलफल हुन्छ । साथै साथीहरु बनाउनको लागि यस कक्षा उपयोगी हुनेछ । 
चित्रकलाका किताबहरु पढन लेख्न लगाइनुका साथै पाककलाका कक्षा र खेलौनाहरु बनाउने लगायतका क्रियाकलापहरु पनि गरिन्छ । स्वयंसेवकहरु पनि बालबच्चा भएका सदस्यहरु हुनुहुन्छ । 
जापानी भाषा राम्ररी नजान्नु भएको, गर्भधारण गर्नुभएका तथा एक्लै पढन चाहनु भएको महिलाहरु सहभागी हुन सक्नुहुनेछ ।

कक्षा शुल्क:निशुल्क
स्थान:तल उल्लेखित शहरका तिन पुस्तकालयमा कक्षा संचालन हुनेछ ।

ऒकामाचि ऒयाकॊ दे नीहॊङ

स्थान:ओखामाची पुस्तकालय(हान्क्यु ओकामाची स्टेशन बाट पैदल २ मिनेट)
समय:हरेक हप्ता मंगलबार 10:00 ~ 12:00

ओखामाचीः ओयाको जापानी भाषा कक्षा (facebook)

शोउनै ऒयाकॊ दे नीहॊङ्गो

स्थान:स्योनाई पुस्तकालय(हान्क्यु शोउनाइ स्टेशन बाट पैदल १० मिनेट)
समय:हरेक हप्ता मंगलबार 10:00 ~ 12:00

शोउनै ऒयाकॊ दे नीहॊङ्गो(facebook)

सेंनरी ऒयाकॊ दे नीहॊङ्गो

स्थान:सेन्री पुस्तकालय(हान्क्यू किता सेन्री क्यूको सेन्रीच्यूओ स्टेशनबाट ३ मिनेट)
समय:हरेक हप्ता मंगलबार 10:00 ~ 12:00

सेंनरी ऒयाकॊ दे नीहॊङ्गो(facebook)

बिदेशी नागरीकहरुका लागि बिभिन्न भाषाका परामर्श सेवाहरु

तोयोनाखा कोकुसाई कोयु क्योखाई (एशोसियशन) मा यस क्षेत्रमा बसोबास गर्नुहने बिदेशी नागरीकहरुले ढुक्क संग जिबनयापन गर्नका लागि बिभिन्न परामर्श सेवाहरु संचालन गरिआएको छ ।

अन्तरबार्ता, टेलिफोन प्रतिक्रिया लिने मिति तथा समयः

<समय>
सोमबार,मंगलबार,बिहिबार,शुक्रवार, ११ :०० बजे देखी ४ :०० बजे सम्म / सनिबार१३ :०० बजे देखी ४ :००
<भाषाहरु>
नेपाली भाष जापानी भाषा, चिनियाँ भाषा, कोरीयाली भाषा, फिलिपीनी भाषा, स्पेनीस, पोर्चुगाली भाषा, थाई भाषा, ईण्डोनेशियाली भाषा, अंग्रेजी भाषा, भियतनामी भाष
<सहभागी शुल्क>
निशुल्क

परामर्शका बिषयहरुः

  • बैबाहिक सम्बन्ध (सम्बन्ध बिच्छेद, घरेलु हिंसा, घरेलु समस्या, अन्तरराष्ट्रिय बिबाह आदि), कागजी प्रक्रियाहरु (भिषा प्रकार, जापानमा परिवार बोलाउने आदि)
  • रहनसहन (बसोबास, आर्थिक कारोबार, बिमा, पेन्सन, कर तथा अन्य सरकारी कार्यहरु, जापानी भाषा तथा अन्य दैनिक आईपर्ने कार्यहरु )
  • मानवीय सम्बन्ध (स्थानीय, ब्यबसायीक, पारिवारीक मित्रता)
  • सरसफाई (मानसिक स्वास्थ्य, गर्भ धारण, सुत्केरी अवस्थाबारे)
  • बालबच्चा (पालनपोषण, केयर सेन्टर, स्कूल आदि बारे )
  • श्रम सम्बन्ध (काम खोज्ने ,बेरोजगारी भएको)
  • मानब अधिकार उल्लङ्गघन

…आदि बारेमा, जस्तो सुकै परिस्थितिमा पनि आपसमा सर–सल्लाह गर्न सकिनेछ । परिस्थितीलाई मुल्याकन गरी, आवश्यक परेको खण्डमा सम्बन्धित बिज्ञका कार्यालयमा परिचय गर्न सकिनेछ ।

टेलिफोन मार्फत परामर्श सेवा लिन चाहनुहुने महानुभावहरुका लागि
टेलिफोन नम्बर:
06-6843-4343(हरेक हप्ता शुक्रबार ११ देखि १६ बजे सम्म)

फोन गर्नुभएमा जापानी स्टाफले फोन उठाउनेछ । त्यसपश्चात (नेपारू गो नो स्टाफ ओ ओनेगाई सिमास ) भन्नु होस । 

प्रत्यक्ष परामर्श सेवा लिन चाहनुहुने महानुभावहरुका लागि

माथि लेखिएको समयमा तोयोनाखा कोकुसाई को्यू क्योखाईको कार्यालयमा आउनुहोस । कार्यालयमा रहेका कर्मचारीलाई (सोदान नि किमासिता) भन्नु होस । त्यस पछि सम्बन्धित ब्यक्तिले तपाईंलाई भेटनु हुनेछ ।

予नाम रजिष्टर नगरीकन पनि यस कार्यालयमा आउन सक्नुहुनेछ । तर परिस्थिती अनुसार तपाईंले कुर्नु पर्ने पनि हुन सक्छ ।

ठिक समय प्राप्त गर्नका लागि पहिले नै नाम रजिष्टर गर्नु भएको खण्डमा रामो हुनेछ । नाम रजिष्टर गर्न लाई बुधबार बाहेक हरेक दिन बिहान ९ बजे देखि १७ बजेसम्म यस कार्यालयको टलिफोन नम्बर ०६–६८४३–४३४३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

परामर्श तरिकाको बारेमा

परामर्शका बिषय वा परामर्श गर्न चाहेको कुराहरु जापानी बिज्ञ संग तपाईंको देशका भाषा बोल्न सक्ने कर्मचारी बाट अन्तरक्रिया गराईने छ ।

गोपनीयताको बारेमा

तपाईंको गोपनियता भंगहुने कुनै पनि कार्य हुनेछैन ।

गोपनियताको सम्बन्धमा तपाईं निश्चिन्त रहनुहोस ।

बिभिन्न साँस्कृतिक क्रियाकलाप गरिने केयर सेन्टर (ताबुन्खा होइकु निको निको)

अन्य मुलुक संग प्रत्यक्ष सम्पर्कमा रहेका बालबालिकाहरुले आफना अभिभावक संग प्ले रुममा बिभिन्न खेलकुद लगायतका क्रियाकलापहरु गर्न सक्नुहुनेछ । केयर सेन्टरमा स्वयंसेबकहरु रहनु भएकोले बालबालिकाको बिकास बिस्तारका सम्बन्धमा बिभिन्न सरसल्लाह पनि गर्नु हुनेछ । 
यहि समयमा संचालन हुने जापानी भाषाका कक्षामा अभिभावकले जापानी भाषा अध्ययन गर्न पनि सक्नु हुनेछ । पहिले नै नाम रजिष्टर गर्न आवश्यक छैन ।


लक्षित बर्गःबिदेशी बच्चाको अभिभावक र स्कुल जानु अघिका बालबच्चाहरु
समयबिहिबार13:30~15:30、शुक्रबार10:30~12:00
स्थानतोयोनाखा कोकुसाई को-यू सेन्टर
कक्षा शुल्कनिशुल्क

बालबच्चाको लागि मातृभाषा

अन्य मुलुक संग प्रत्यक्ष सम्पर्कमा रहने बालबालिकाहरुले मातृभाषा तथा आफनो संस्कृतिको बारेमा रमाईलोसंग यस कक्षामा सिक्न सक्नुहुनेछ । 
आफु सरहका आफनै मुलुका बालबालिका संग भेटघाट तथा मित्रता अघि बढाउन पनि सक्नु हुनेछ । 
मातृ भाषा सिकाउनु हुने शिक्षकहरु सोहि मुलुक संग सम्बन्ध राख्ने र बिश्वबिद्यालयमा अध्ययनरत रहनुभएका बिद्यार्थीहरु हुनुहुन्छ ।


लक्षित बर्गःअन्य मुलुक सग प्रत्यक्ष सम्पर्कमा रहेका बालबालिकाहरु (प्राथमिक तह भन्दा माथिका बिद्यार्थीहरु)
समयप्रत्येक महिनाकोे दोश्रो र चौथो आइतबार 10:00 ~ 12:00
हाल चिनियाँ भाषा, स्पेनी भाषा, पोर्चुगाली भाषा, थाई भाषा बाट उपरोक्त क्रियाकलाप हरु गरिदै आइएको छ ।

अध्ययनको लागि सहयोगी र सनप्लेस

अन्य मुलुक सग प्रत्यक्ष सम्पर्कमा रहेका बालबालिका का लागि घर या स्कुलमात्र नभई सन्तोषपूर्बक समय बिताउन सक्ने तेश्रो ठाँउको रुपमा यस कक्षालाई संचालन र बिकास गरिएको छ । स्वंयसेवकहरु संग बालबालिकाले अध्ययन मात्र नभएर कुराकानी, डान्स जस्ता रमाईला क्रियाकलापहरु पनि गर्न सक्नुहुनेछ । 
स्वंयसेबकहरु प्रायजसो बिश्वबिद्यालयका बिद्यार्थीहरु तथा बिदेश संग प्रत्यक्ष सरोकार राख्ने ब्यक्तिहरु हुनुहुन्छ ।


लक्षित बर्गःअन्य मुलुक संग प्रत्यक्ष सम्पर्कमा रहेका बालबालिकाहरु (प्राथमिक तह भन्दा माथिका बिद्यार्थीहरु)
समयआईतबार 13:00 ~ 15:00(हरेक महिनाको पहिलो आईतबार बिदा हुनेछ ।)
स्थानतोयोनाखा कोकुसाई को-यू सेन्टर
कक्षा शुल्कनिशुल्क

कोरियाली भाषा कक्षा

कोरियासंग सम्बन्ध राख्ने बालबालिकाहरुका लागि आपसी सम्बन्ध बिकास बिस्तार गर्न यो कक्षा उपयुक्त हुन सक्छ । आफनै देशका शिक्षकले आफनो भाषा, नृत्य, खेलकुद सिकाउनु हुनेछ । साथै कोरियाली संंस्कृति, गोैरबका बारेमा पनि सिकाउनु हुनेछ । तोयोनाखाबासी बिदेशीहरुको शिक्षा बिकास निकायको सहयोग बाट स्कुलका शिक्षकहरुले कक्षा संचालन गर्नुहुनेछ ।


लक्षित बर्गःकोरिया संग सम्पर्कमा रहेका बिद्यार्थीहरु
समयप्रत्येक महिनाको तेश्रो आईतबार बिहान
स्थानतोयोनाखा कोकुसाई को-यू सेन्टर
कक्षा शुल्कनिशुल्क

वाखामोनो तामारीबा (युवा युवतीहरुको लागि भेटघाट स्थल)

आफु जस्तै बिदेश संग सम्बन्ध भएका साथी बनाउन चाहन्छु, घर,
स्कुल, वा काममा कुनै कुराको समस्या छ भन्ने ब्यक्तिहरुले
वाखामोनो तामारीबा (युवा युवतीहरुको लागि भेटघाट स्थल) मा भाग लिन सक्नुहुन्छ । यहाँ
आउनुहुने ब्यक्तिहरुले आफैले खाना बनाई खान सक्नुहुन्छ । निसंकोच सहभागी हुनुहोस ।



लक्षित बर्गःबिदेश संग सम्बन्ध भएका युवा युवतीहरु ( १५ बर्ष देखि
३९ बर्षसम्म )

समयप्रत्येक महिनाको पहिलो शनिबार १४:००-१६:००
स्थानतोयोनाका कोकुसाई कोन्यु सेन्टर

जापानि भाषा सिक्ने कक्ष्या कोन्पास

यो कक्ष्या बिधालय को पढाई मा सहयोग पुराउनको लागि जापानि भाषा सिक्न चाहने बालबालिकाहरुको लागि संचालन गरिएको जापानी भाषाको कक्ष्या हो।


पढाईमा सहयोग गर्ने: भोलेन्तरि गुरुप [तोयोनाका JSL]

対象 बिदेशी मुलूक सँग सम्बन्ध रहेका निम्न माध्यामिक र माध्यामिक बिध्यालयका बिध्यार्थिहरु
जापानमा जन्मियतापनी आफ्नो देशमा माध्यामिक तह पुरागरेर जापान फर्की आई जापानको बिध्यालयमा नगएको ब्यक्ति तथा उच्छा माध्यामिक बिध्यालय जाना चाहेको ब्यक्तिले पनि परामर्श गर्नुहोस। पहिले फोन मार्फत सल्लाह गर्नुहोस।
日時 हरेक हप्ता मंगलबार र शुक्रवार ५ बजे बाट ७ बजे सम्म
場所 तोयोनाखा कोकुसाई को-यू सेन्टर
ठेगाना: तोयोनाका सि तामाई च्यो १-१-१-६०१ [एटोरे तोयोनाका ] ६ तल्ला, हान्क्यू [तोयोनाका एकिनजीकै]
参加費 महिनाको ५०० एन
連絡先 सोधपुछ तथा आबेदनको लागि :तोयोनाका कोकुसाई कोन्यु क्योखाई
फोन : ०६६८४३४३४३

पर्ब र बिश्व भ्रमण क्लब

यस कक्षामा बिश्वका बिभिन्न मुलुकहरुका संस्कृति तथा त्यस क्षेत्रमा बसोबास गर्ने बिदेशी नागरिकहरु संग प्रत्यक्ष भेटघाटको अवसर प्राप्त हुन्छ । बिभिन्न देशका स्वयंसेबक हरुले बालबालिका हरुलाई सम्बन्धित मुलुक, क्षेत्रकाबारेमा बताउनु हुनेछ । बालबालिकाहरुले पनि बिश्वका भाषा खेलकुदआदिका बारेमा सिक्नेछन ।



लक्षित बर्गःप्राथमिक तथा माध्यामिक तहका बिद्यार्थीहरु
समयसमय-समयमा संचालन गरिन्छ ।

यस बाहेकका जानकारी

  • यस सेन्टरमा बिभिन्न भाषाहरुका निशुल्क पत्रपत्रिका तथा जानकारी हरु राखिएको हुन्छ ।
कोएकी जाईदान होजीन तोयोनाखा कोकुसाई को्यू क्योखाइ

Association for Toyonaka Multicultural Symbiosis (ATOMS)

Address:
Osaka-fu, Toyonaka-shi, Tamai-chou,1-1-1-601(Etre Toyonaka 6th Floor)Toyonaka International Center
फोन नम्बर:
06-6843-4343
बन्द:
बुधबार, बर्षान्त र बर्षारम्भमा बिदा रहने छ ।

तोयोनाखा कोकुसाई को–यू सेन्टर आउनको लागि

  • हान्क्यू ताखाराजुखा सेन को तोयोनाखा स्टेशन नजिकै यस सेन्टर रहेको छ ।(हान्क्यू उमेदा स्टेशनबाट क्यूको (लिमिटेड एक्सप्रेस)मा ११ मिनेट)
  • ※अण्डरग्राउण्ड तेश्रो तल्लामा सशुल्क पार्किङ्गको ब्यबस्था छ । (पार्किङ्ग क्षमता २१० गाडी)
  • ※पहिलो तल्लामा सशुल्क पार्किङ्गको ब्यबस्था छ । (साईकल र मोटरसाईकल)