कोरोना भाइरस बिरुद्धको खोप अन्तर्निहित रोग भएका व्यक्तिलाई खोपमा प्राथमिकता

कोरोना भाइरस बिरुद्धको खोप
अन्तर्निहित रोग भएका व्यक्तिलाई खोपमा प्राथमिकता
~ पहिले आबेदन दिन जरुरी छ । ~
तोयोनाका नगरपालिकामा कोरोना बिरुद्धको खोपको संख्यालाई मध्यनजर गरेर उमेर आदिको आधारमा बिभाजन गरि क्रमिक रुपमा खोप कार्ड (कुपन) पठाइने छ । तर, खोप प्राथमिकताको क्रम अनुसार अन्तर्निहित रोग भएका ६० वर्षसम्मका इच्छुक व्यक्तिहरुलाई प्राथमिकताका साथ खोप कार्ड (कुपन) पठाइन्छ । खोप कार्ड (कुपन) पाउनका लागि पहिले नै आबेदन दिनु जरुरि छ ।
आबेदन समय
२०२१ मे २१ (शुक्रबार) देखि जुन ८ (मंगलबार) सम्म
※आबेदन अबधि सकिएपनि दर्ता गर्न सकिने भएतापनि खोप कार्ड (कुपन) अर्को चरणमा पठाइने छ ।
आबेदन दिने तरिका
१ : इन्टरनेट मार्फत आबेदन
२: हुलाक मार्फत
३: फ्याक्स मार्फत
खोप कार्ड (कुपन) आए पछि
आबेदन दर्ता भए पछि मध्य जुनसम्ममा हुलाक मार्फत खोप कार्ड (कुपन) पठाइन्छ । खोप कार्ड (कुपन) पाए पछि आफु सधैँ जाने स्वास्थ्य संस्थाको डाक्टरसंग परामर्श गर्नुहोस् । आफु सधैँ जाने स्वास्थ्य संस्थाको डाक्टरले खोप नदिने भएमा नजिकैको स्वास्थ्य संस्थामा सिधै बुकिंग गर्ने वा तोयोनाका खोप डायल(TEL:06-6151-2511)मा वा खोपको वेबसाइटबाट सामुहिक खोपको लागि बुकिंग गर्नुहोस् ।