公益財団法人 とよなか国際交流協会

१८ बर्ष सम्मका बच्चाहरु भएका घरपरिवारहरुले १ लाख येन प्राप्त गर्नेछन्

जापानको राष्ट्रिय सरकारले ० देखि १८ वर्ष (हाइस्कुलको तेस्रो वर्ष) उमेरका बच्चाहरुलाई प्रतिव्यक्ति १ लाख येन दिने निर्णय गरेको छ ।


■ कस्ले पाउन सक्छ?

बाल भत्ता प्राप्त गर्ने परिवारहरूलाई लागू हुन्छ।

२००३ अप्रिल २ तारिख बाट २०२२ मार्च ३१ तारिखको बीचमा जन्मेका बच्चाहरूलाई लागू हुन्छ।

उक्त लाभ-रकम पाइन्छ वा पाइदैन भन्ने कुरा बच्चालाई डिपेन्डेन्टमा राख्ने व्यक्तिको वार्षिक आम्दानीमा निर्भर हुन्छ। (आय दायरा र प्रतिबन्धहरू बाल भत्तामा आधारित छन्।)


■कहिले पाइन्छ?

डिसेम्बरको २८ तारिख (मङ्गलबार) बाट क्रमशः बैंक ट्रान्सफर गरिनेछ। प्रति बच्चा १ लाख येनको

दरले एकमुष्ट रूपमा बैंक ट्रान्सफर गरिनेछ ।

बाल भत्ता पाउने खातामा पैसा ट्रान्सफर गरिनेछ। आवेदन दिनुपर्ने आवश्यकता छैन।


【सावधानी】

निम्न लिखित व्यक्तिहरूले उक्त लाभ-रकम लिनको लागि आवेदन दिन आवश्यक छ।

● १६ देखि १८ वर्षका बच्चाहरु मात्र डिपेन्डेन्टमा भएका घरपरिवारहरू

● २०२१ सेप्टेम्बर १ तारिख बाट २०११ मार्च ३१ तारिखको बीचमा जन्मेका बच्चाहरू (नवजात शिशुहरू) भएका घरपरिवारहरू

● घरब्यवहार चलाउने मूख्य व्यक्ति निजामती कर्मचारी हो र बाल भत्ता भुक्तानी भैरहेको घरपरिवारहरु


बाल-पालन पोषण गरिरहेका घरपरिवारहरूलाई प्रदान गरिने यस् विशेष लाभ-रकमको बारेमा नबुझेका कुराहरु या कुनै समस्याहरू छन् भने, कृपया तोयोनाका अन्तर्राष्ट्रिय केन्द्रमा परामर्श गर्नुहोस्।

टेलिफोन: ०६-६८४३-४३४३   इ-मेल: atoms@a.zaq.jp