公益財団法人 とよなか国際交流協会

तोयोनाका सिटीले "बहुसांस्कृतिक सहअस्तित्व सम्बन्धी प्रश्नावली" सञ्चालन गर्दैछ। सर्भेमा सहभागी भै सहयोग गरिदिनु होला ।

तोयोनाका सिटी भित्र विभिन्न राष्ट्रियता, संस्कृति र जीवनशैली भएका करिब ४० हजार मानिसहरू बसोबास गर्छन्। तीमध्ये करिब ६ हजार ३ सय विदेशी नागरिकहरु छन्। तोयोनाका सिटीले यस सर्भेबाट आउने जानकारीहरुलाई सम्पूर्ण नागरिकहरू बसोबास गर्न सहज शहरको रूपमा बिकास हुने गरि स्थानिय तहको नीति निर्माण र कार्ययोजना तर्जुमा गर्ने कार्यमा प्रयोग गर्नेछ।  


तोयोनाका सिटीमा बसोबास गर्ने १८ वर्ष भन्दा माथिका ३ हजार जना (विदेशी नागारिक २ हजार जना, जापानी नागरिक १ हजार जना) लाई सर्भेमा सहभागी हुनको लागि अनुरोध पत्र पठाइनेछ। उक्त पत्र प्राप्त गर्ने ब्यक्तिले कृपया अवस्य प्रतिकृया दिनु होला। वेबसाइटद्वारा पनि प्रश्नावलीको जवाफ दिन सकिन्छ। यस सर्भेको अध्यागमन नियन्त्रणसँग कुनै सरोकार छैन। गोपनीयतालाई पूर्णरुपमा सुरक्षित राखिनेछ। सर्भेमा सहभागी हुने अन्तिम म्याद अक्टोबर ३१ तारिख रहेको छ।


यदि सर्भेमा सहभागी हुने तारिका थाहा छैन, वा कागजद्वारा जवाफ दिन चाहेको खण्डमा, तोयोनाका अन्तर्राष्ट्रिय केन्द्रका बहुभाषी स्टाफहरूले तपाईलाई मद्दत गर्नेछन्। कृपया निम्न मिति र समयमा सोधपुछ गर्नुहोस्।


<सर्भेको प्रश्नावलीको जवाफ कसरी दिने भन्ने बारे सोधपुछ काउन्टर>

तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र

               तोयोनाका-सि, तामाइ-च्यो, १-१-१-६०१ 

               (हान्क्यू तोयोनाका स्टेसन संगैको बिल्डिङ्ग “एतोरे तोयोनाका” को छैठौ तला)

मिति र समय: हरेक बिहीबार, शुक्रबार, शनिबार बिहान ११ बजे बाट दिउँसो ४ बजे सम्म

फोन: ०६-६८४३-४३४३

दोभाषे (अनुवादक) उपलब्ध गराईने भाषाहरू:

● बिहीबार र शुक्रबार (जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी, फिलिपिनो, नेपाली, थाई, इन्डोनेसियन)

● शनिबार (जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, फिलिपिनो)